प्रथम किङ्गस कप सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता आज देखि सुरु

पाल्पा, रामपुर नगरपालिका–५, बेझाँडमा आज देखि प्रथम किङ्गस कप सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिता सुरु भएको छ । स्थानीय खेल प्रतिभाको पहिचान संगै प्रवद्र्धन गर्ने उद्देश्यका साथ किङ्गस क्लव रामपुर–५ पाल्पाको आयोजनामा प्रतियोगिता सुरु भएको हो ।

रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदान बेझाँडमा सुरु भएको प्रतियोगिताको आज एक कार्यक्रमका विच उट्घाटन गरिएको छ । क्लवका अध्यक्ष योगेन्द्र हमालको अध्यक्षतामा भएको कार्यक्रम अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगिताको उट्घाटन गर्दै प्रमुख अतिथी रानाले नगरको विकासको लागि युवावर्ग सक्रिय भएर लाग्न अनुरोध गर्नुभयो । उहाँले खेल क्षेत्रको विकास र उत्थानमा स्थानीय प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले नगर भित्र हुने खेललाई संस्थागत गरेर अघि बढ्ने प्रयत्न गरिरहेको बताउनुभयो । उहाँले खेलकुदको विकासको लागि नगरले पहल गर्दै आईरहेको बताउनुभयो । नगर खेलकुद विकास समितिका अध्यक्ष एवं क्लवका सल्लाहाकार कमल सेनले खेल प्रतिभाको उजागरको लागि स्थानीय खेलाडीहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सञ्चालन क्लवका सहसचिव लक्ष्मण थापा मश्राङ्गीले गर्नु भएको हो ।

किङ्गस कप अन्तर्गत प्रतियोगितामा रामपुर नगरपालिका र चापाकोट नगरपालिकाका १३ समुह र भेट्रान तर्फ ८ समुहको सहभागीता रहेको खेल संयोजक सुमन सेनले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भेट्रान्स तर्फ कप मेडल र प्रमाण पत्र सहित आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । आज भएको उट्घाटन खेलमा बाङ्गेपलस युथ क्लवलाई कालीगण्डकी युथ क्लवले १÷० गोलले पराजित गरेको छ । खेलको पहिलो हाफको दोस्रो मिनेटमा नै कालीगण्डकीका लागि विष्णु ढेंगाले गोल गर्दै अग्रता दिलाउनु भएको थियो ।

त्यस्तै तिलकपुर युनाईटेड र लालीगुराँस एसोसियसन विच भएको खेलमा लालीगुराँस एसोसियसनले जित निकालेको छ । निर्धारित समयमा दुवै टिम बाट गोल हुन नसके पछि खेल टाई ब्रेकरमा तिलकपुर युनाईटेडलाई लालीगुराँस एसोसियसनले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?