ज्योतिपुञ्ज र आयोजक किङ्गस सेभेन ‘ए’ साईड फुटबलको फाईनलमा प्रवेश

पाल्पा, ज्योतिपुञ्ज युवा क्लव र आयोजक किङ्गस क्लव रामपुरमा जारी प्रथम किङ्गस कप सेभेन ‘ए’ साईड फुटबल प्रतियोगिताको फाईनलमा पुगेको छ । शुक्रबार भएको सेमिफाईनल खेलमा जित हात पार्दै फाईनलमा पुगेको हो ।

पहिलो सेमिफाईनल खेलमा लालीगुराँस एसोसियसनलाई २/० गोलले पराजित गर्दै ज्योतिपुञ्ज युवा क्लव फाईनलमा पुगेको हो । खेलको पहिलो हाफमा ज्योतिपुञ्जका लागि संगम परियारले १ गोल गर्दै अग्रता दिलाएको थियो । दोस्रो हाफमा संगमले पुन अर्को गोल गर्दै २/० गोल बनाउन सफल भयो । अन्तत संगमले हानेको दुई गोल मार्फत ज्योतिपुञ्ज फाईनलमा पुगेको हो ।

दोस्रो सेमिफाईनल खेलमा कालीगण्डकी युवा क्लवलाई १/० गोलले पछि पार्दै आयोजक किङ्गस फाईनलमा पुगेको हो । खेलको पहिलो हाफमा किङ्गसको लागि निश्चल थापाले गोल गर्दै अग्रता दिलाएको थियो । अन्तत थापाको गोल नै खेलको निर्णयक बन्न पुग्यो । यता भेट्रान्स कप तर्फ वल्र्ड व्वाईज विजयपुर र किङ्गस क्लव फाईनलमा पुगेको छ । फाईनल खेल आज दिउँसो १२ बजे देखि सुरु हुनेछ ।

किङ्गस क्लवको आयोजनामा १४ गते सम्म हुने प्रतियोगितामा किङ्गस कप अन्तर्गत १३ समुह र भेट्रान तर्फ ८ समुहको सहभागीता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ र उपविजेताले ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?