रजघरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको अधिवेशन हुँदै

पाल्पा, रजघरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १० वर्ष पछि अधिवेशन हुन लागेको छ । २०७० सालमा स्थापना भएको समितिको यहि पौष २० गते अधिवेशन हुन लागेको हो ।

तदर्थ समिति मार्फत कार्य सञ्चालन हुँदै आएकोमा उपभोक्ताहरुले पुरानाको समितिको गतिविधि प्रति आपत्ति जनाउँदै संघर्ष समिति गठन गरेको थियो । संघर्ष समितिको निवेदन पश्चात रामपुर नगरपालिका कार्यापालिकाको बैठकले गत कार्तिक १८ गते सुर्य प्रसाद पोखरेलको अध्यक्षतामा ९ सदस्य तदर्थ समिति गठन गरेको थियो । पोखरेल नेतृत्वको तदर्थ समिति, पूर्व उपभोक्ता समिति, निर्वाचन मण्डल एवं सरोकारवालाहरुको उपस्थितिमा गत शुक्रबार बैठक बसी समिति गठनका लागि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

प्रमुख निर्वाचन अधिकृत पशुपति खनालले पौष १४ गते देखि २१ गते सम्मको निर्वाचन कार्यतालिका सार्वजनिक गर्नु भएको छ । तदर्थ समितिका अध्यक्ष सुर्य प्रसाद पोखरेलले २० गते समितिको अधिवेशन हुने जानकारी दिनुभयो । सहमतिमा समिति गठन हुन नसकेमा २१ गते विहान १० देखि साँझ साढे ४ बजे सम्म मतदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?