अपाङ्गता र अभिभावक मैत्री संघ रामपुरको कार्यसमिति पुर्नगठन

पाल्पा, अपाङ्गता र अभिभावक मैत्री संघ रामपुर पाल्पाको कार्यसमिति पुर्नगठन भएको छ । रामपुर नगरपालिका ५ बेझाँड नहर अफिसमा बसेको बैठकले पुनः जगन्नाथ कंडेलको अध्यक्षतामा १५ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा देवीलाल अधिकारी, दल बहादुर राना, सचिवमा मन बहादुर भुजेल, सहसचिवमा कृष्ण प्रसाद भट्टराई, कोषाध्यक्षमा भिमा कुमारी घर्तिलाई चयन गरेको छ । समितिको सदस्यहरुमा कृष्ण प्रसाद गौतम, सिता पंगेनी, थिरलाल ढकाल, इमान सिं राना, हुम बहादुर सोमै, खिम बहादुर नेपाली, राजेन्द्र भण्डारी, नारायण अधिकारी र पार्वती कंडेल खनाल रहनु भएको छ ।

त्यस्तै भेलाले पिताम्बर भट्टराईको संयोजकत्वमा ५ सदस्य सल्लाहाकार समिति गठन गरेको छ । समितिको सदस्यहरुमा युवराज रेग्मी, रामचन्द्र ढुङ्गाना, रेवती बहादुर भट्टराई र जयन्ती राना रहनु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?