मगर संघ द्वारा आगोलागी पिडित परिवारलाई राहत प्रदान

पाल्पा, नेपाल मगर संघ काठमाडौ पाल्पा सम्पर्क समितिले नेपाल मगर संघ जिल्ला समन्यव समिति पाल्पाको समन्वयमा आगोलागी पिडितको लागि राहत प्रदान गरेको छ । निस्दी गाउँपालिका वडा नं. ३ क्याङ्गरुङ्गका आगोलागी पिडित परिवारलाई सहयोग प्रदान गरेको हो ।

संघले पिडित परिवारको लागि न्यानो कपडा सहित नगद १६ हजार प्रदान गरेको हो । नेपाल मगरसंघ जिल्ला समन्वय समिति पाल्पाका अध्यक्ष शान्ति झेंडी थापा, सांस्कृतिक उपाध्यक्ष अमिर राना, सदस्य मुना दिसुवा, रुमा राना, प्रदेश सदस्य अनिता राना र नेपाल मगर संघ निस्दीका अध्यक्ष राम बहादुर पाटा मगरको उपस्थितिमा श्याम बहादुर पल्लीको परिवारलाई सामाग्री प्रदान गरेको हो ।

नेपाल मगर संघले काठमाडौ पाल्पा सम्पर्क समितिका निवर्तमान अध्यक्ष गोपाल राना र वरिष्ठ उपाध्यक्ष पिताम्बर रानाको नेतृत्वमा सहयोग संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?