रोकिराखेको स्कार्पिओमा अटो ठोक्किदा चालक सामान्य घाईते


पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर नगरपालिका–४ सदावर्तमा रोकिराखेको स्कार्पिओमा आटो ठोक्किन जाँदा अटो चालक सामान्य घाईते भएका छन् ।

मंगलबार साँझ मटेरी बाट रजघरा तर्फ गैरहेको लु १ ह ४२६७ नम्बरको अटो सदावर्त चोकमा रोकिराखेको मधेश कृषि विश्वविद्यालय सप्तरी राजविराजको मधेश प्रदेश ०२–००१ झ ०१९५ नम्बरको स्कार्पिओमा ठाक्कीन पुगेको थियो । अटो चालक रामपुर ३ का ३६ वर्षिय रमन राना सामान्य घाईते भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो ।

पोखरामा भोलि हुने कार्यक्रममा सहभागीताको लागि नारायणगढ बाट कालीगण्डकी करिडोर हुँदै पोखरा तर्फ हिडेको क्याम्पसको टोली बाटो विराएर रामपुर आईपुगेको थियो । डेढ गाउँ बाट पोखरा तर्फ मेडिनु पर्ने उनीहरु रामपुर आईपुगेका थिए । बाटो सोध्नको गाडी रोकेर स्थानीय संग सोधपुछ गरिरहेको अवस्थामा अटो ठोक्किन पुगेको थियो । चालकलाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

*यस अघिको समाचार सच्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?