रामपुर अंग्रेजी आवासिय माविले ३२ औं वार्षिक उत्सव मनायो

पाल्पा, रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर पाल्पाले ३२ औं वार्षिक उत्सव मनाएको छ । स्थापनाको ३२ औं वर्ष पुरा भएको अवसरमा विशेष समारोहका साथ वार्षिक उत्सव मनाईएको हो ।

वर्षिक उत्सव समारोहको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले राजनैतिक अस्थिरताका कारण प्रदेश सरकारले शिक्षा ऐन ल्याउन नसकेको बताउनुभयो । उहाँले विश्वबजार संग प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनका लागि शिक्षा नीति परिवर्तन गर्नु आवश्यक रहेको बताउनुभयो । विभिन्न समयमा आरोह अवरोह झेल्दै आएको विद्यालय जिल्ला कै स्थापित विद्यालय हुन सफल भएको खुशी व्यक्त गर्नुभयो । रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्ले नगर क्षेत्रको शिक्षामा रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालयले मत्वपूर्ण योगदान दिएको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद भट्टराईले रामपुरलाई शैक्षिक क्षेत्रको रुपमा विकास गर्नका लागि सरोकारवाला निकायहरु विच बहसको आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा विद्यालयका संस्थापक देवराज ढकालले जुन कल्पनाका साथ विद्यालय स्थापना भएको थियो सो लक्ष्य अहिले पुरा भएको बताउँदै व्यवहारिक ज्ञान र राष्ट्रभक्ति सोचको विकास जोड दिन आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका निवर्तमान अध्यक्ष विष्णु प्रसाद रेग्मी, शहीद बहुमुखी क्याम्पसका प्रमुख मुरारी प्रसाद काफ्ले, रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्साल, भूपू सैनिक राईजिङ्ग इङ्गलिश बोर्डिङ्ग स्कुलका प्रिन्सिपल गोपी सिग्देल, सामुदायिक रेडियो रामपुरका  निमित्त स्टेसन  म्यानेजर सृजना घिमिरे, संस्थाका शेयर सदस्य सुर्य प्रसाद श्रेष्ठ, अभिभावक कमल चन्द्र तिवारी, शिक्षक नारायणी सुवेदी, पूर्व विद्यार्थी प्रकाश जिसी, कक्षा १० का विद्यार्थी अनिशा भट्टराई र कक्षा ९ का विद्यार्थी त्रिभुवन पराजुलीले शुभकामना सहित हाफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सूर्य प्रसाद घिमिरेले विद्यालयको प्रतिवेदन प्रस्तुत गर्दै वर्तमान अवस्था र भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । विद्यालयका संस्थापक स्वर्गीय धुर्वराज पाण्डेलाई विद्यालयमा दिनु भएको योगदानको उच्च कदर गर्दै मरणोपरान्त अभिनन्दन गरिएको थियो । साथै द्वन्द्धको समयमा पनि विद्यालय सञ्चालनको लागि महत्वपूर्ण योगदान दिनुभएका विद्यलय व्यवस्थापन समिति सदस्य रुद्रनारायण श्रेष्ठ र विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष विष्णु प्रसाद रेग्मीलाई पनि विद्यालयले अभिनन्दन गरेको छ ।

वार्षिक उत्सवको अवसरमा २०७६ देखि २०७९ सम्मको एसईईमा उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी तथा विद्यालयमा १५ वर्ष देखि कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरेको थियो । तहगत रुपमा विभिन्न विद्यामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यतामा भएको कार्यक्रम सदस्य रुद्र नारायण श्रेष्ठको स्वागत बाट सुरु भएको थियो । कार्यक्रममा सहभागीहरुलाई सदस्य गंगा अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक शालिकराम थापाले गर्नु भएको हो । वार्षिक उत्सवको अवसरमा रामपुर स्काउट ट्रुपको प्रस्तुति संगै विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति राखिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?