रिब्दीकोटको १४ औं गाउँसभा तथा हिउँदे अधिवेशन सुरु

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिकाको १४ औं गाउँसभा तथा हिउँदे अधिवेशन सूरु भएको छ । बुधबार देखि गाउँपालिकाको अधिवेशन सुरु भएको हो ।

गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीको अध्यक्षतामा गाउँ सभाको प्रारम्भ भएको थियो । १४ औं गाउँ सभाको पहिलो बैठकमा वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता प्रकाश रायमाझी, सभाका सदस्यहरु चिरञ्जीवी पोखरेल, ओम प्रसाद पोखरेल, राजेन्द्र नेपाल, दुर्गा ढकाल लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

बैठकमा रिब्दीकोट गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८० माथी छलफलको लागि सभामा निर्णयार्थ पेश समेत भएको गाउँपालिकाले जनाएको छ । गाउँ सभाको १४ औं अधिवेशन उपाध्यक्ष कान्ता अधिकारी, प्रमुख प्रशासकिय अधिकृत मदन अर्याल, गाउँसभाका सदस्यहरु, गाउँ कार्यपालिकाको कार्यालयका सम्पुर्ण कर्मचारी र पत्रकार एवं सुरक्षाकर्मीको उपस्थितिमा सभाको पहिलो बैठक रिब्दीकोट गाउँ कार्यपालिकाको कार्यालय खस्यौलीमा सम्पन्न भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?