अर्थमन्त्री डा. महत आज रामपुर आउँदै

पाल्पा, नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत पाल्पाको रामपुर आउँदै हुनुहुन्छ । अन्धकारमुक्ति बचत तथा क्रृण सहकारी संस्थाको २५ औं साधारण सभा तथा रजत महोत्सव समारोहमा अर्थमन्त्री महत आउन लाग्नुभएको हो ।

गत पुस १४ गते शुक्रबारदेखि १६ गते सम्म सेवा केन्द्र स्तरीय साधारण सभा गरेको सहकारीले आज अर्थमन्त्री महतको उपस्थितिमा बार्षिक साधारण सभा तथा रजत जयन्ती मनाउँदैछ । स्थापनाको २५ औं बर्ष पुगेको अबसरमा हुने रजत महोत्सबमा अर्थमन्त्री महतले अन्धकारमुक्ति साकोसको केन्द्रिय कार्यालय परिषरमा निर्मित रजत स्तम्भ अनाबरण र रजत जयन्ती समारोहको सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले जानकारी दिनुभयो ।

सहकारीक २०५५ सालमा स्थापना भएको सहकारीले पाल्पा जिल्लाभर सेवा क्षेत्र विस्तार गरेको छ । रामपुर नगरपालिका ७ डुम्री गाउँ प्रधान कार्यालय रहेको सहकारीले रामपुर ५ को बेझाँड बजार, रामपुर–९ को जब्गादी, निस्दी–५ को ढुङ्गानाबेसी, रामपुर १० को रामटार र रम्भा गाउँपालिका ५ ताहुँ सेवा केन्द्र बाट पनि सेवा प्रदान गर्दै आईरहेको छ । सहकारीले केही वर्ष अघि सहयोगी बचत तथा ऋण सहकारी संग एकिकरण गरेको थियो । सहकारीमा हाल १० हजार ५ सय ४७ जना शेयर सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?