रामपुर नगरपालिकाद्धारा अर्थमन्त्री र प्रजिअलाई स्वागत तथा सम्मान


पाल्पा , नेपाल सरकारका अर्थमन्त्री डाक्टर प्रकासशरण महत र पाल्पामा भर्खरै आउनु भएका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई रामपुर नगरपालिकाले स्वागत सहित सम्मान गरेको छ । नगरपालिकाले शुक्रबार एक कार्यक्रमका विच स्वागत सहित सम्मान गरेको हो ।

नगर सभा हलमा भएको कार्यक्रममा बोल्दै नेपाल सरकारका अर्थमन्त्री डाक्टर प्रकासशरण महतले मुलुकको अर्थतन्त्र सुधारको लयमा फर्किने चराणमा रहेको बताउनुभएको छ । बाहिरी हल्ला जस्तो अर्थतन्त्रमा त्यस्तो धेरै नकारात्मक प्रभाव नरहेको भन्र्दै कोभिड पेन्डामिकले विश्वभर नै अर्थतन्त्र खस्केको भन्र्दै नेपालको मात्रै अर्थतन्त्र बिग्रेको जस्तो गरि हुने टिप्पणी उचित नभएको दावि गर्नुभयो । रामपुर नगरपालिकाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रम अर्थमन्त्री महतले सम्रग मुलुकको आर्थिक सुचक सुधारको चरणमा रहेको बताउनुभयो । विकसित मुलककै आर्थिक अवस्था समेत नकारात्मक रहेको भन्दै ती देशको तुलनामा नेपालको आर्थिक सुधार निकै धेरै राम्रो लयमा आएको बताउनुभयो । फरक प्रशङ्गमा बोल्नु हुँदै अर्थमन्त्री महतले राष्ट्रिय गौरबको आयोजना कालिगण्डकी करिडोरले कालीगण्डकीको बेसी पूर्वी पाल्पा सहित कालिगण्डकी तटक जिल्लालाई वरदान सवित भएको भन्दै सडकको भरपुर उपयोग गर्न स्थानियलाई आग्रह समेत गर्नुभएको थियो । उहाँले हरेक स्थानीय तहले जनतालाई केन्द्र विन्दुमा राखेर सुशासन , पारदर्शिता र प्राथमिकतालाई ध्यान दिएर काम गर्न निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर र समग्र कालिगण्डकी क्षेत्रको विकासका लागि विभिन्न १४ बुँदे माग पत्र ज्ञापन गर्नु भएको छ । यस क्षेत्रको सम्भावनाको बारेमा चर्चा गर्दै उहाँले कृषि ,पर्यटन, स्वास्थ्य सम्बन्धि विभिन्न योजना सहितको माग पत्र ज्ञापन गर्नु भएको हो । यस्तै कार्यक्रममा पाल्पामा भर्खरै आउनु भएका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले समग्र जिल्लाको शान्ति सुरक्षा , सुशासन र विकासका लागि प्रतिबद्ध भएर लाग्ने बताउनुभयो । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम अर्थ मन्त्री प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नगर उपप्रमुख बाल कुमारी थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । अर्थ मन्त्री डाक्टर प्रकाश शरण महत र प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेलाई स्वागत सहित सम्मान कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि , राजनितिक दल , पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?