पोखरा बाट रामपुर आउँदै गरेको जिप आमडाँडामा दुर्घटना (थप विवरण आउन बाँकी)

पाल्पा, तनहुँको भिमाद नगरपालिका वडा नं. ३ मा जिप दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । पोखरा बाट पाल्पाको रामपुर तर्फ आउँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप दुर्घटना भएको थियो ।

ईलाका प्रहरी कार्यालय भिमादका अनुसार दुर्घटना स्थल बाट ११ जना घाईतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाईएको छ । जस मध्ये जिपि कोईराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा ८ जना र गण्डकी मेडिकल अस्पताल पोखरामा ३ जनालाई पठाईएको प्रहरीले जनाएको छ । विहान ७ बजे रामपुरका लागि पोखरा बाट छुटेको जिप बसलाई साईड दिने क्रममा दुर्घटना भएको थियो ।

ईलाका प्रहरी कार्यालय भिमादका  प्रहरी नायव निरीक्षक उदयराज पौडेलले चालक सकुशल प्रहरीको नियन्त्रणमा रहेको जानकारी दिनुभयो । दुर्घटनाको विषयमा थप विवरण प्राप्त हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?