निस्दीको १४ औं अधिवेशन सम्पन्न, शिक्षा विद्येयक संगै रकमान्तर प्रस्ताव पारित

पाल्पा, निस्दी गाउँपालिकाको गाउँ सभाको १४ औं अधिवेशन सम्पन्न भएको छ । निस्दी गाउँ शिक्षा विद्येयक–२०८० र चालु आर्थिक वर्षको २ करोड ७ लाख ८२ हजार रुपैयाँ बराबरको योजना तथा कार्यक्रमको रकमान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गर्दै हिउँदे अधिवेशन सकिएको हो ।

निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा बसेको गाउँ सभामा सामाजिक विकास समितिका संयोजक दुर्गा बहादुर सोमै निस्दी गाउँ शिक्षा विद्येयक–२०८० छलफलका लागि पेश गर्नुभएको थियो । त्यस्तै उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले चालु आर्थिक वर्षमा सञ्चालन हुने कार्यक्रम तथा योजना अन्तर्गतको २ करोड ७ लाख ८२ हजार रुपैयाँ बराबरको रकमान्तर प्रस्ताव सहित चालु आर्थिक वर्षको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । लेखा समितिको तर्फ बाट प्रस्तुत भएको लेखा परीक्षण प्रतिवेदन पेश गरिएको थियो । सभा बाट सर्वसम्मत रुपमा विद्येयक तथा प्रस्तावहरु परित भएको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले जानकारी दिनुभयो ।

गाउँपालिकाको अधिवेशनलाई विशेष सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले जनताको प्रत्यक्ष सम्पर्कमा स्थानीय तहका जनप्रतिनिधिहरु रहने भएकाले संघियताको विषयमा जनतालाई जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । उहाँले पूर्वाधार विकासको कार्य क्रमश हुँदै गैरहेको र अब शिक्षा र स्वास्थ्य विशेष जोड दिन आग्रह गर्नुभयो । उहाँले वर्तमान सरकारले जनताको अपेक्षा अनुसारको कार्य गर्न नसकेको समेत बताउनुभयो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले संघियताको मर्म अनुसार निस्दी गाउँपालिकाले प्रदेश र संघिय सरकार संग समन्वय गर्दै आएको बताउनुभयो । उहाँले गाउँपालिका मार्फत नै वडा पहुँच मार्ग निर्माण हुनु गौरवको कुरा रहेको बताउनुभयो । प्रदेश सरकार स्थिर नहुँदा योजना सञ्चालनमा कठिनाई आएको बताउँदै पालिका सम्मको पहुँच मार्ग स्तरोन्नतिमा पहल गर्दै आएको बताउनुभयो ।

गाउँ सभाको अवसरमा पालिकाले पत्रकार इमान सिं राना सहित गाउँपालिकाका उत्कृष्ट कर्मचारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, उद्यमी, उपभोक्ता समुह र सहकारीलाई सम्मान गरेको थियो । सम्मानित हुने पालिका भित्रको उत्कृष्ट संस्था तथा उपभोक्ता समितिमा जलदेवी महिला सामाजिक उद्यमी सहकारी संस्था निस्दी–२, रिङ्दी पाक्दी केवरापानी बेलडाँडा लिफ्टिङ्ग खानेपानी उपभोक्ता समिति निस्दी–५, खोप्लाक मोटर बाटो ढलान उपभोक्ता समिति निस्दी–४, वडा कार्यालय जाने बाटो उपभोक्ता समिति निस्दी–५ रहेको छ । त्यस्तै उत्कृष्ट उद्यमीमा निस्दी–५ का शेर बहादुर सोती, उत्कृष्ट कृषकमा निस्दी–३ का लक्ष्मी घर्ती, उत्कृष्ट विद्यार्थीमा सरस्वती मावि निस्दी–५ का अभिषेक अर्याल, उत्कृष्ट शिक्षकमा सरस्वती मावि निस्दी ५ का प्रदिप अर्याल, जीवन ज्योती आधारभूत विद्यालय निस्दी–४ का पविसरा सोती, उत्कृष्ट प्रधानाध्यापक सरस्वती मावि निस्दी–५ का सुशिल ढकाल सम्मानित हुनु भएको छ ।

गाउँपालिकाको उत्कृष्ट कर्मचारीमा श्रेणी विहिन तर्फ ३ नं. वडा कार्यालयका विर बहादुर ढेंगा, गाउँपालिकाका कर्मचारी लाल बहादुर खन्गाहा, उत्कृष्ट स्वास्थ्यकर्मीमा अर्चले स्वास्थ्य चौकीका विद्यानन्द राय, बाकामलाङ स्वास्थ्य चौकीका हरीमाया राम्जाली, उत्कृष्ट कृषि÷पशु प्राविधिक र वडा सचिवमा पशु सेवा शाखा प्रमुख ओम बहादुर मश्राङ्गी, उत्कृष्ट करार कर्मचारी तर्फ राधा खण्डलुक, उत्कृष्ट प्राविधिकमा संजय खनाल र उत्कृष्ट शाखा प्रमुखमा प्रशासन शाखा प्रमुख अर्जुन खनाललाई सम्मान प्रदान गरिएको हो । सम्मानित व्यक्ति तथा संस्थाहरुलाई प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु र उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले सम्मान गर्नु भएको थियो । उत्कृष्ट विद्यार्थीलाई नगद २० हजार र अन्य सम्मानित व्यक्ति तथा संस्थाहरुलाई नगद १०/१० हजार सहित खादा र सम्मान पत्रले सम्मान गरिएको हो ।

पालिकाले योगदानको आधारमा मूल्याङ्कन गरी कर्मचारी, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, उद्यमी, कृषक, सञ्चारकर्मी, उपभोक्ता समुह र संस्थालाई सम्मान गरेको प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो । सम्मानित व्यक्ति तथा संस्थाहरुलाई प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्य, निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु र उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले सम्मान प्रदान गर्नु भएको थियो । उत्कृष्ट विद्यार्थीलाई नगद २० हजार र अन्य व्यक्ति तथा संस्थालाई १०÷१० हजार रुपैयाँ प्रदान गरिएको प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले जानकारी दिनुभयो । गाउँ सभा निस्दी गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीको स्वागत बाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?