सूर्य ज्योति लाईफ सिल्खानटोल शाखा द्वारा विमित बालिकालाई मासिक आय सुविधा प्रदान

पाल्पा, सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा सिल्खानटोल शाखाले विमित बालिकालाई मासिक आय सुविधा प्रदान गरेको छ । बगनासकाली गाउँपालिका वडा नं. ३ पाल्पाका पुर्णिमा कुँवरलाई मासिक आय सुविधा प्रदान गरेको हो ।

५ वर्ष अघि छोरी पुर्णिमा कुँवरको नाममा आमा दुर्गा सरा कुँवरले प्रस्तावक भई २ लाख विमाङ्क बराबरको सूर्य ज्योति बालसावधिक जीवन बीमालेख खरिद गर्नु भएको थियो । आमाको निधन संगै कम्पनीले बालिकाको लागि शर्त अनुसार विमाङ्कको एक प्रतिशतका दरले मासिक दुई हजार रुपैयाँ भुक्तानी दिन सुरु गरेको हो ।

सूर्य ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड पाल्पा सिल्खानटोल शाखा प्रमुख खर्ग सिंह सोमै र अपरेसन इन्चार्ज यम गिरीले बच्चको अभिभावक बालमती कुँवरलाई भुक्तानी पुर्जी प्रदान गर्नु भएको हो । शाखा प्रमुख सोमैले बीमालेखको शर्त अनुसार बालिकाले १६ वर्षको उमेर सम्म मासिक आय सुविधा प्राप्त गर्नेछ । साथै बालिकाको बीमा शुल्क मिनाहा हुने र अवधि पश्चात नियम अनुसारको विमाङ्क रकम तथा बोनस रकम प्राप्त गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?