पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस रामपुरमा पनि मनाईयो

पाल्पा, ३ सय २ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको रामपुरमा पनि कार्यक्रम गरी मनाईएको छ । ठकुरी समाज महासंघ, नेपाल जिल्ला कार्य समिति पाल्पाले कार्यक्रम गरी दिवस मनाएको हो ।

ठकुरी समाज महासंघ, नेपाल जिल्ला कार्य समितिका अध्यक्ष क्याप्टेन हिमाल मल्लको अध्यक्षतामा भएको कार्यक्रम विश्व हिन्दु महासंघ अन्तराष्ट्रिय धर्मसभाका अध्यक्ष योगी बलभद्रनाथ ज्यूको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रमको उट्घाटन गर्दै प्रमुख अतिथी बलभद्रनाथ ज्यूले विभिन्न जाति, धर्मसंस्कृति र समुदायलाई एकताको शुत्रमा बाँड्न महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । उहाँले पृथ्वी नारायण शाहको योगदान, धर्मसंस्कृति र संस्कारको विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले सामाजिक सद्भाव कायम राख्दै राष्ट्रियताको विषयमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा ठकुरी समाज महासंघ, नेपालका केन्द्रिय सदस्य लोकेन्द्र बहादुर मल्ल, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, रामपुर नगरपालिका ५ का वडा सदस्य युवराज शाही, निस्दी गाउँपालिका १ का निवर्तमान वडा अध्यक्ष एवं सल्लाहाकार पूर्ण बहादुर खाँण, एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गी, रामपुर नेवाः समाजका सुवेदार राज कुमार श्रेष्ठ, ठकुरी समाज महासंघ, नेपाल जिल्ला कार्य समिति पाल्पाका सल्लाहाकार केशर बहादुर खाँण, ठकुरी समाज महासंघ, क्षेत्र नं. १ पाल्पाका पूर्व अध्यक्ष एवं सल्लाहाकार तिलक बहादुर मल्ल, ज्ञान मञ्जरी प्राथमिक विद्यालयका प्रधानाध्यापक दानस मल्ल ठकुरी, आदर्श माध्यमिक विद्यालय चापाकोटका प्रधानाध्यापक एवं समाजका सल्लाहाकार लक्ष्मण उच्चै, ठकुरी समाज महासंघ, नेपाल जिल्ला कार्य समितिका सदस्य कमल सेन, ठकुरी समाज महासंघ, नेपाल जिल्ला कार्य समितिका सदस्य कविता मल्ल, इकाई समुहहरुको तर्फ बाट खिम बहादुर शाहले आफ्नो भनाई राख्दै राष्ट्रिय एकता दिवसलाई राज्यले प्राथमिकता दिनु पर्ने बताउनु भएको थियो ।

ठकुरी समाज महासंघ, नेपाल जिल्ला कार्य समितिका वरिष्ठ उपाध्यक्ष सोम बहादुर सेनको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई जिल्ला सचिव कपिल बहादुर खाँणले धन्यवाद ज्ञापन गर्नु भएको थियो । राधादामोदर रेशम सभाहलमा भएको कार्यक्रमको सञ्चालन दुर्गेश मल्लले गर्नु भएको थियो । यस्तै राष्ट्रिय एकता दिवसको अवसरमा रामपुर ६ विजयपुरमा निर्माण गरिएको शालिकमा माल्यार्पण गरिएको थियो । साथै सद्भाव ¥याली निकालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?