तिलक गुरुङ
वालिङ, जगत भञ्ज्याङ्ग बहुउद्देश्य सहकारी संस्था लिमिटेड वालिङ–५, स्याङ्जाको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले शुक्रबार कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष याम बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रम वालिङ नगरपालिका ५ का वडा अध्यक्ष छबिलाल आलेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी आलेले आर्थिक विकासमा सहकारीको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । कार्यक्रममा वालिङ नगरपालिका ५ का समाजसेवी एवं साविक जगतभञ्ज्याङ्ग गाविसका पूर्व अध्यक्ष नर प्रसाद रेग्मी, वालिङ ५ का पुर्व वडा सदस्य महेश गुरुङ, वडा सदस्य अनिता नेपाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पाँचसय पाँच जना सेयर सदस्य रहेको सहकारीको साधरण सभा ५ नं. वडा कार्यलय परिसरमा भएको थियो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष चेत कुमार शाहीले तीन करोड सन्तानब्बे लाख त्रिपन्न हजार सात सय चार रुपैया बहत्तर पैसा बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सस्थाका अध्यक्ष याम बहादुर केसीले संस्थाको प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा उत्कृष्ट बचत कर्ता तथा एसईईमा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष कबिता बस्नेतको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ख्याम बहादुर खड्काले गर्नु भएको हो ।