नेपाल मगर संघ रामपुर ७ पाल्पाका अध्यक्ष चेत बहादुर हिस्कीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल मगर संघका केन्द्रिय सदस्य धन बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि रानाले मगर समुदायको रितिरिवाज भेष भुषा , भाषा , संस्कृति पछिल्लो समय ओझेलमा पर्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले विभिन्न समयमा मनाईने चाड पर्व पनि परम्परा भन्दा फरक तरिकाले मनाउन थालेको उल्लेख गर्नुभयो । उहाँले मगर समुदायको उत्थान र संस्कृतिको संरक्षणमा लाग्न आग्रह समेत गर्नु भएको छ । क्रियाशिल मगर उत्थान समुहको भवन रामपुर ७ किसानबारीमा भएको कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष दोवराज तिवारले मगर समुदायको पहिचान बोकेका विभिन्न संस्कृतिको संरक्षणका लागि वडा कार्यालयले सहयोग गर्ने भन्दै समुदाय संगै समाज रुपान्तरणमा लाग्न आग्रह गर्नुभयो । नेपाल मगर संघ रामपुर नगर समितिका अध्यक्ष राम बहादुर हिस्की थापाले जातिय पहिचान संग जोडिएका हरेक संस्कार र संस्कृतिको संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो । यस्तै एकिकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष देव बहादुर थापा मश्राङ्गीले जातिय उत्थान संगै आर्थिक समृद्धिका लागि पनि सोँच्नु पर्ने वेला आएको बताउनु भएको छ ।कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का सदस्य मिन बहादुर सिंजाली , रामपुर नगरपालिकाका प्रेस सल्लहाकार दानु हिस्की मगर , एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका सचिव जमुना राना , नेपाल मगर संघ रामपुर १ पाल्पाका अध्यक्ष नरराम राना , क्रियाशिल मगर उत्थान समुहका अध्यक्ष रेम बहादुर राना , सल्लहाकार तारा बहादुर विरकट्टा , क्रियाशिल मगर उत्थान समुहका सदस्य दुर्गा देवि राना , प्रेम कुमारी बयम्बु , जनी सरा खासु लगाएतले बोल्दै शुभकामना दिनु भएको थियो ।
नेपाल मगर संघ रामपुर ७ का सहसचिव बल बहादुर थापाको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद उपाध्यक्ष हुममाया रानाले ज्ञापन गर्नु भएको थियो भने सञ्चालन सचिव केश बहादुर थापा सारुले गर्नु भएको थियो ।