लागूऔषध सहित वालिङ बाट एक जना पक्राउ

पाल्पा, स्याङ्जाको वालिङ बाट प्रहरीले लागूआैषध सहित एक जनालाई पक्राउ गरेको छ । आईतबार अपरान्ह ५ बजे सिद्धार्थ राजमार्ग अन्तर्गत वालिङ नगरपालिका वडा नं.-०९ भकुण्डे बाट पर्वत कुश्मा नगरपालिका वडा नं. -१० बस्ने बर्ष २३ को अजय नेपालीलाई नियन्त्रणमा लिएको हो ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले चेकजांच गर्ने क्रममा अजय नेपालीले  बोकेको झोलाबाट नोफिन ४९ एम्पुल, डाईजेपाम ४९ एम्पुल, फेनरागन ४९ एम्पुल गरी जम्मा १४७ एम्पुल लागू अौषध फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता/सूचना अधिकारी ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?