पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौ, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलमा समान १/१ रुपैयाँ मूल्य घटाएको हो ।

जसअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १ सय ६३ रुपैयाँ ५० पैसा, दोश्रो वर्गका लागि प्रति लिटर १ सय ६५ रुपैयाँ र तेश्रो वर्गका लागि प्रति लिटर १ सय ६६ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल÷मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रति लिटर १ सय ५३ रुपैयाँ ५० पैसा, दोश्रो वर्गका लागि प्रति लिटर १ सय ५५ रुपैयाँ र तेश्रो वर्गकालागि प्रति लिटर १ सय ५६ रुपैयाँ कायम भएको छ ।

भारतीय आयल कर्पोरेसनबाट सोमबार प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । भारतीय आयल निगमले भने पेट्रोलको मूल्यमा प्रति लिटर १.२६ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्यमा प्रति लिटर ०.८३ रुपैयाँले घटाएको छ । घटाइएको मूल्य मंगलबार विहान राति १ बजेबाट लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?