रामपुर नगरको आधारभूत विद्यालयका शिक्षकहरुलाई सांगितिक व्यायम तालिम प्रदान

 


पाल्पा, रामपुर नगरपालिकामा सांगितिक व्यायम पिटि तालिम प्रदान गरिएको छ । रामपुर नगरपालिका शिक्षा शाखाले नगर भित्रका आधारभूत तह कक्षा १ देखि ५ सम्म कक्षा सञ्चालन हुँदै आएको विद्यालयका शिक्षकहरुलाई दुई दिने सांगितिक व्यायम तालिम प्रदान गरिएको छ ।

२८ वटा आधारभूत विद्यालयका शिक्षकहरुको लागि तालिम प्रदान गरिएको हो । मंगलबार र बुधबार भएको दुई दिने तालिमको समापन गर्दै रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले नगरका सम्पूर्ण विद्यालयमा सांगितिक माध्यम बाट विद्यार्थीहरुलाई व्यायम गराउनका लागि तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा दरैठाँटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक मुकुन्द प्रसाद गौतम र रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेत तालिमले व्यवहारमा लागू गर्न सके शारीरिक कसरत संगै विद्यार्थीको बौद्धिक विकासमा थप सहयोग गर्ने बताउनुभयो । दरैठाँटी माध्यमिक विद्यालयको सभाहलमा भएको तालिमको शहजिकरण प्रशिक्षक दिपेन्द्र प्रसाद भट्टराईले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?