माघ ५ र ६ गते रामपुर फनपार्कमा विविध सांस्कृतिक कार्यक्रम हुँदै

फाइल तस्विर

पाल्पा, रामपुर नगरपालिका–५, मटेरीमा ‘रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम’ हुने भएको छ । आईकोनिक ग्रुप प्रालि द्धारा सञ्चालित रामपुर फनपार्कमा यहि माघ ५ र ६ गते कार्यक्रम हुन लागेको हो ।

मनोरञ्जन संगै आन्तरिक पर्यटन प्रबद्र्धनका लागि कार्यक्रम गर्न लागिएको आईकोनिक ग्रुप प्रालिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजन कार्की, कृष्ण सुवेदी, ज्योति लोहनी, पुजा योञ्जन  मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ । साथै कार्यक्रममा कलाकारहरुको एकल प्रस्तुति तथा प्रत्यक्ष दोहोरी समेत हुनेछ ।

८ रोपनी जग्गा निर्माण भएको फन पार्कमा दैनिक बालउद्यान सञ्चालन हुँदै आएको छ । पार्कमा पिङ्ग, झुला, रेल लगाएतका बालउद्यान सहित दुवो सहितको खुल्ला पार्क, रेष्टुरेण्ट, पसल तथा फोटो खिच्ने स्थान निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?