रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम बारे जानकारी दिन पत्रकार सम्मेलन

पाल्पा, आईकोनिक ग्रुप प्रा.लि.ले रामपुरमा हुन गैरहेको दुई दिने ‘रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम–२०८०’ बारेमा जानकारी दिएको छ । विहिबार पत्रकार सम्मेलन गरी आईकोनिक ग्रुप प्रालि द्वारा सञ्चालित रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रमको बारेमा जानकारी दिएको हो ।

रामपुर नगरपालिका–५, मटेरी स्थित फनपार्कमा भएको पत्रकार सम्मेलनमा आईकोनिक ग्रुप प्रा.लि.का अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मनोरञ्जन, आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय प्रतिभाको प्रस्फुटनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । उहाँले दुई दिन सम्म हुने कार्यक्रमको तयारी सकिएको बताउनुभयो । कालीगण्डकी वेशी क्षेत्रमा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्रहरु रहेपनि आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा संगै बालमनोविज्ञानलाई मध्यनजर गर्दै फनपार्क सञ्चालनमा ल्याईएको बताउनुभयो ।

कालीगण्डकी बेशी प्राकृतिक सौन्दर्य र धार्मिक महत्वको क्षेत्र रहेको भन्दै पर्यटन प्रवद्र्धनमा निजी क्षेत्र बाट पनि प्रयास गरिएको उल्लेख गर्नुभयो । बालमनोविज्ञानलाई मध्यनजर गर्दै राज्यले बालउद्यानमा प्राथमिकता दिईरहेको सन्दर्भमा बालउद्यानको आवश्यकतालाई परिपूर्तिका लागि बालउद्यान समेत निर्माण गरिएको जानकारी दिनुभयो । भोलि शुक्रबार र पर्सि शनिबार सम्म हुने कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजन कार्की, कृष्ण सुवेदी, ज्योति लोहनी, पुजा योञ्जन मगर सहित स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताउनुभयो । साथै कार्यक्रममा स्थानीय प्रतिभालाई पनि स्थान दिईने र प्रत्यक्ष दोहोरी समेत हुने जानकारी गराउनुभयो ।

आईकोनिक ग्रुप प्रालिका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सदस्य मन बहादुर नेपालीले गर्नु भएको थियो । ८ रोपनी जग्गा निर्माण भएको फन पार्कमा दैनिक बालउद्यान सञ्चालन हुँदै आएको छ । पार्कमा पिङ्ग, झुला, रेल लगाएतका बालउद्यान सहित दुवो सहितको खुल्ला पार्क, रेष्टुरेण्ट, पसल तथा फोटो खिच्ने स्थान निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?