रामपुर नेवाः समाजको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा बाबुराम श्रेष्ठ

पाल्पा, रामपुर नेवाः समाजको वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ । संस्था दर्ता संगै विधान अनुसार समाज शनिबार प्रथम अधिवेशन भएको हो ।

अधिवेशनले पुन: अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतमा नयाँ समिति गठन गरेको छ । समाजको उपाध्यक्षमा सुकमायाँ श्रेष्ठ, सचिवमा विमल श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सहसचिवमा सुर्य प्रसाद श्रेष्ठ, सदस्यहरुमा प्रेम प्रकाश श्रेष्ठ, विनोद श्रेष्ठ, विजय कुमार श्रेष्ठ, लक्ष्मी श्रेष्ठ (क), लक्ष्मी श्रेष्ठ (ख) र हेमलता श्रेष्ठलाई चयन गरेको छ । साधारण सभा तथा अधिवेशन उट्घाटन कार्यक्रम रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठको अध्यक्षतमा र रामपुर नेवाः समाजका संस्थापक एवं लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । राम्चे सामुदायिक वनको सहभाहलमा भएको कार्यक्रम उपाध्यक्ष सुकमायाँ श्रेष्ठको स्वागत र सचिव विमल श्रेष्ठको सञ्चालनमा भएको थियो ।

समिति गठन पश्चात शुभकामना मन्तव्य राख्नु हुँदै प्रमुख अतिथी श्रेष्ठले समितिले वैधानिकता प्राप्त गरे संगै समाजको गतिविधि सञ्चालनमा थप सहज हुने बताउनुभयो । उहाँले नेवारी संस्कृति संरक्षण र प्रवद्र्धनका लागि आवश्यक कार्यक्रम सञ्चालनमा आवश्यक पहल गर्ने बताउनुभयो । कार्यक्रममा गैरसरकारी संस्था महासंघ पाल्पा जिल्ला प्रतिनिधि एवं सल्लाहाकार यादवराज शर्मा, नेवाः देय दवु रामपुर नगर समितिका वरिष्ठ उपाध्यक्ष मोहन प्रसाद श्रेष्ठ, नगर समितिका सचिव विन्दु श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । नव गठित समितिको तर्फ बाट रामपुर नेवाः समाजका अध्यक्ष बाबुराम श्रेष्ठले प्रतिवद्धता मन्तव्य राख्नु भएको थियो ।

निर्वाचन मण्डलका संयोजक एवं नेवाः देय दवु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठको अध्यक्षतामा भएको शुभकामना आदन प्रदान कार्यक्रमको सञ्चालन सदस्य कृतिनाथ श्रेष्ठले गर्नु भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?