रामपुर फनपार्कमा दुई दिने सांस्कृतिक कार्यक्रम सम्पन्न

पाल्पा, रामपुर नगरपालिका–५, मटेरीमा ‘रामपुर फनपार्क विविध सांस्कृतिक कार्यक्रम’ सम्पन्न भएको छ । आईकोनिक ग्रुप प्रालि द्धारा सञ्चालित रामपुर फनपार्कमा दुई दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।

मनोरञ्जन संगै आन्तरिक पर्यटन प्रबद्र्धनका लागि भएको कार्यक्रममा हजारौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम शुक्रबार देखि सुरु भएको थियो । शनिबारको दिन २ हजार ५ सय भन्दा बढी दर्शकहरुले कार्यक्रमको अवलोकन गरेको आईकोनिक ग्रुप प्रा.लि.का अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले जानकारी दिनुभयो । मनोरञ्जन, आन्तरिक पर्यटन प्रवद्र्धन तथा स्थानीय प्रतिभाको प्रस्फुटनका लागि कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरु राजन कार्की, कृष्ण सुवेदी, ज्योति लोहनी, पुजा योञ्जन मगरको बेजोड सांगितिक प्रस्तुति रहेको थियो । साथै राष्ट्रिय कलाकारहरुको साथमा डि एण्ड जि कला केन्द्र, व्याण्ड संगै स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहेको थियो । कलाकाहरुको प्रस्तुतिमा दर्शकहरु झुमेका थिए । बालउद्यानमा रमाउनेहरुको संख्या पनि बाक्लो रहेको थियो । अपरान्ह तर्फ प्रत्यक्ष दोहोरी समेत रहेको थियो । कार्यक्रमको सञ्चालन कृष्ण सुवेदीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?