पाल्पा, कालिगण्डकी करिडोर अन्तर्गत रम्भा–१, भुमर खण्डमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गयराती पिपलडाँडा बाट हुँगी तर्फ आउँने क्रममा ग १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रम्भा–१ असर्दीका २८ वर्षिय हेमन्त जि.टी घटनास्थल मै मृत्यु भएको हो ।
राती ९ः५५ बजे दुर्घटना हुँदा मोटरसाईकल सडक बाट दुई सय मिटर तल कालीगण्डकी किनारमा खसेको थियो । जिटीको घटनास्थल मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी श्रीराम भट्टले जानकारी दिनुभयो । घटनाको विषयमा अनुसन्धान भैरहेको र मृतक जिटीको शव पोष्ट मार्टमका लागि रामपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।