मोटरसाईकल दुर्घटना हुँदा चालक घाईते

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–२, मा मोटरसाईकल दुर्घटना हुँदा चालक घाईते भएका छन् । तिनाउ गाउँपालिका–२, बस्ने वर्ष ४० को यम बहादुर थापा मगर दुर्घटनामा घाईते हुनु भएको हो ।

बुटवल बाट झ्याङ्ला तर्फ जाँदै गरेको लु २१ प ५८३८ नम्बरको मोटरसाईकल  विहिबार साँझ ६ बजे तिनाउ–२,  बन्चरे पहाड स्थित झ्याङ्ला भित्री सडक खण्डमा दुर्घटना भएको थियो । मोटरसाईकल सडक बाट ५० मिटर तल खसेको थियो ।

घाईते थापाको अवस्था गम्भीर रहेको र उहाँलाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?