चापाकोट महोत्सवमा आमन्त्रित जिल्लास्तरीय भलिबल प्रतियोगिता हुने

पाल्पा, आगामी फागुनमा हुन गैरहेको दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेलामा आमन्त्रित जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । फागुन ८ देखि १३ गतेसम्म चापाकोट उद्योग वाणिज्य संघको आयोजना र चापाकोट नगरपालिकाको संरक्षकमा हुन गइरहेको महोत्सवमा प्रतियोगिता हुने भएको हो ।

भलिबल खेलाडी सन्तोष थापाको स्मृतिमा महोत्सवको अवसर पारेर “प्रथम स्व. सन्तोष थापा स्मृति कप २०८०” हुन लागेको हो । प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो हुने समुहले क्रमशः नगद १ लाख ५० हजार रुपैयाँ, १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार, उत्कष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भर प्रशिक्षकलाई जनही रु ३ हजारको साथमा ट्रफी, मेडल प्रमाण पत्र गरिने भएको छ ।

प्रतियोगिता खेलाडीलाई खेल अवधि भर खाना र बासको व्यवस्था गरिएको भलिबल खेल संयोजक राजन दर्लामीले बताउनुभयो । “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ फागुन ३ देखि १३ गतेसम्म चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुन गइरहेको महोत्सवको तयारी तीब्र पारिएको छ । महोत्सव भव्य र सफल बनाउनका लागि ३९ वटा उपसमिति गठन गरी सबै उपसमितिले आ–आफ्नो कामहरु गरिरहेको र प्रचारप्रसारको कामलाई तीब्र दिएको मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।

मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?