वैष्णव दुर्गा मन्दिरको मूर्ति प्राणप्रतिष्ठाको पूर्व सन्ध्यामा कलश यात्रा

पाल्पा, रामपुर नगरपालिका-३, शितल नगर स्थित वैष्णव दुर्गा मन्दिरमा हुन गैरहेको भजन कृतन, कथा वाचन संगै दुर्गा माताको मूर्ति प्राणप्रतिष्ठाको पूर्व सन्ध्यामा कलश यात्रा निकालिएको छ । शनिबार देखि फागुन २ गते सम्म हुन गैरहेको कार्यक्रम अन्तर्गत कलश यात्रा निकालिएको हो ।

पहिलो दिन आज मन्दिर परिसर बाट निकालिएको कलश यात्रा रजघरा बजार हुदै केलादी घाट कालिगण्डकीमा स्नान गराएर पुन: भलायटारमा रहेको कृष्णा देबि मन्दिरमा पुजा पश्चात कालीगण्डकी करिडोर बाट खोप्टार, मटेरी, बिजयपुरमा रहेको कालिका अकला देबिमा विधि पुर्बक पुजा अाज गरि क्रमश डुम्रीगाउँ, किसानवारि, बेझाड बजार परिक्रमा नगरपालिका पछाडि रहेको दुर्गा मन्दिर पुगेर मन्दिरमा पुगि भजन कृतन गरिएको थियो ।

भोलि अाईतबार देखि फागुन २ गते सम्म दैनिक १ बजे देखि ४ बजे सम्म कथा प्रवचन संगै भजन कृतन हुने सितल नगर अामा समुहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?