प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोस्रो वार्षिक साधारण सभा शनिबार रामपुरमा सम्पन्न

पाल्पा ,प्रेस चौतारी नेपाल पाल्पा शाखाको दोस्रो वार्षिक साधारण सभा शनिबार रामपुरमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै प्रेस चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामाले नेपाली पत्रकारिताको विकास र श्रमजिविको पक्षमा उभिन आवश्यक रहेको बताउनु भएको छ । उहाँले पत्रकारिता क्षेत्रको विकासमा नेपाल पत्रकार महासंघ भन्दा प्रेस चौतारी नेपाल अगाडी रहेको दाबी गर्नुभयो । साथै महासंघलाई समावेशीकरण गरि स्वतन्त्र बनाउन आवश्यक रहेको बताउनुभयो ।  उहाँले प्रेसचौतारी नेपाल पाल्पा शाखाको प्रशसंसा समते गर्नुभयो । राम्चे सामुदायीक वनको सभाहलमा भएको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे, प्रेसचौतारी नेपाल लुम्बिनी प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सेना, संचार समन्वय परिषद लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहा, महासचिव निरु गौतम, चौतारीका पूर्व अध्यक्ष राजेन्द्र लिगल, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना, निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, नेपाली काग्रेस रामपुर सभापति नेत्रप्रसाद भट्टराई, लगायतले बोल्दै साधारणसभा सफलताको शुभकामना दिनुभएको थियो ।

प्रेस चौतारी पाल्पा शाखाका अध्यक्ष कृष्ण कार्कीको अध्यक्षतामा भएको साधारण सभा प्रेस चौतारी नेपालका केन्द्रिय महासचिव हिरामान लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रेस चौतारी पाल्पा शाखाका उपाध्यक्ष बन्दना पोख्रेलको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सन्तोष ज्ञवाली र विजय बौडेलले गर्नुभएको थियो ।पूर्व अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको दोस्रो चरणको बन्द सत्र कार्यक्रममा  प्रतिनिधी सभा सदस्य नारायण प्रसाद आचार्य, लुम्बिनी प्रदेश कमिटी इन्चार्ज तथा केन्द्रिय सचिव प्रदिप आचार्य, प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज, पाल्पा जिल्ला इन्चार्ज अमृता अनमोल लगायतले बोल्दै पत्रकार, पत्रकारिता र यसको विकासमा प्रेस चौतारीको भुमिकाका सन्दर्भमा धारणा राख्नुभएको थियो ।

बन्द सत्रमा कोषाध्यक्ष नेत्र प्रसाद गैरेले आर्थिक तथा सचिवको प्रतिवेदन सह सचिव सन्तोष ज्ञवालीले पेश गर्नुभएको थियो । कार्यक्रमको संचालन प्रेसचौतारी नेपाल लुम्बिनी प्रदेश सह इन्चार्ज कमलराज तिमिल्सेनाले गर्नुभएको थियो ।  ७ बुदें रामपुर घोषणापत्र २०८० जारी गर्दै साधारण सभा सकिएको छ ।साधारणसभाले श्रमजीवी पत्रकारहरूको व्यवसायिकता र पेशागत सुरक्षाको ग्यारेन्टी गर्न तीन तहका सरकारसँग माग गर्ने , श्रमजीवी पत्रकार र श्रमजीवी पत्रकारहरूको हकहित, पेशागत संरक्षण, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका नीति, नियम, कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने ,नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणका नाममा‘सार्वजनिक’ गरेको सदस्यता सूचीप्रति गम्भिर ध्यानाकर्षण , प्रदेश सरकारले लुम्बिनी प्रदेश भरका संचार माध्यमलाई व्यवस्थित गर्न  निर्माण गरेको सन्चार परिषदले संचारको मर्म र भावना बिपरित काम गरेको हुदा परिषदलाई  अधिकार  र श्रोत साधन सम्पन्न बनाउन  माग ,रामपुरकाे पर्यटन विकास काे माग लगायतका सात बुंदे घाेषणापत्र जारी गरेकाे छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?