पाल्पा ,वेभमा आधारित प्रणाली निर्माण तथा सञ्चालन समबन्धि २ दिने तालिम रामपुर पाल्पामा साेमबार सम्पन्न भएको छ । रामपुर नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका भित्रका स्वास्थ्यकर्मीहरुका लागि तालिम प्रदान गरेको हो ।
स्वास्थ्य संस्थामा दैनिक सेवाका लागि आउने सेवाग्राही र सेवाको अभिलेखिकरणलाई सहज बनाउनका लागि स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरुलाई तालिम दिईएको हो । रामपुर नगरपालिकाको सभाहलमा भएको तालिममा हरेक स्वास्थ्य संस्थामा प्रत्यक दिने दिईने सेवा , सेवाग्राही लगाएत विभिन्न कामको रेकर्ड सिस्टममा कसरी राख्ने भन्ने ज्ञान सिप सिकाईएको थियो । तालिममा सिकेको प्रणालीले दस्तावेजीकरण र रिपोर्टका लागि सजिलो र छिटो हुने स्वास्थ्य शाखा नर्सिङ अधिकृत पुनम धितालले बताउनुभयो । नगर भित्रका स्वास्थ्य संस्थामा भएका तथ्याङ्कलाई व्यवस्थित रुपमा दस्तावेजीकरण गर्नका लागि तालिम प्रदान गरिएको स्वास्थ्य शाखाका प्रमुख गिरिराज घिमिरेले बताउनुभयो ।
रामपुर नगरपालिका भित्रका ३२ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको तालिमको सहजिकरण कोड फ्युजन टेक्नोलोजीका गणेश थापाले गर्नु भएको थियो ।