पाल्पामा जिप जिप दुर्घटना

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–६, मस्यामको चिदिसमा मंगलबार भएको जिप दुर्घटना भएको छ । डुम्रेबाट चिदिस तर्फ जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बीच भागमा अपरान्ह दुर्घटना भएको हो ।

दुर्घटनामा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । मृत्यु तथा घाइते हुनेहरुको स्थानीय चिदिस गाउँका रहेको उद्धारमा खटिएका दिनेश घिमिरेले जानकारी दिए । दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ । घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाएको छ । दुर्घटनाको थप विवरण आउँन बाँकी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?