पाल्पा जिप दुर्घटना: १० जनाको मृत्यु, १६ जना घाईते [अपडेट]

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याममा मंगलबार अपरान्ह जिप दुर्घटनामा १० जनाको मृत्यु  भएको छ । जिपमा सवार ३६ दिनको बालिका सहित १६ जना घाईते भएका छन् ।

मस्याम स्थित ईकोफम हाउस नजिकै भित्रि कच्ची सडकमा डुम्रेबाट चिदिस जाँदै गरेको लु १ ज २३७१ नम्बरको जिप मंगलबार अपरान्ह ४:५० मा दुर्घटना भएको थियो । मृत्यु हुनेहरुमा अनुसार तिनाउ  गाउँपालिका– ६ मस्यामका ६० वर्षीया यन कुमारी पन्त, सोही ठाउँका ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र उहाँको श्रीमति ६० वर्षीय चुना रणपाल, पाल्पाको तिनाउ गाउँपालिका-२, खुर्साने बस्ने वर्ष २० को गिता सुनार, रिब्दिकोट गाउँपालिका-१, का ६६ वर्षिय विष्णुकला कामी, रिब्दिकोट गाउँपालिका-१ का ६५ वर्षिय दिल कुमारी सुनार, रुपन्देही देवदह नगरपालिका-५ का २९ वर्षिय दिलमाया जि.सी. रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

घाईते हुनेहरुमा पाल्पाको तिनाउ गाउँपालिका ६ बस्ने २० वर्षिय कृष्ण पन्थ, रिब्दीकोट १ ख्या बस्ने बर्ष ६ को बिद्या सुनार, तानसेन नगरपालिका ७ तिन्टेआँप बस्ने बर्ष ४२ को सबिता परियार, तिनाउ गाउँपालिका-६ बस्ने बर्ष १९ को उमा रासकोटी, तिनाउ गाउँपालिका ६ बस्ने बर्ष १९ को शान्ती राना, तिनाउ- ६ बस्ने बर्ष ९ को सौरब पुन, रुपन्देही देबदह नगरपालिका-५ खैरेनि बस्ने बर्ष ९ को बिबेक जि.सी., पाल्पाको तिनाउ-६ बस्ने बर्ष २१ को अमृता गहतराज, पाल्पा रिब्दीकोट गाउँपालिका -१ ख्या बस्ने बर्ष ३० को रमा सुनार, रुपन्देही कन्चन गाउँपालिका हरैया बस्ने बर्ष ३० को भुमी पुन, पाल्पा रिब्दीकोट गा.पा. १ ख्या बस्ने बर्ष ६ को साया सुनार, पाल्पा रिब्दीकोट गाउँपालिका- १ ख्या बस्ने बर्ष ५ को आलव सुनार, रुपन्देही देबदह नगरपालिका-५ खैरेनि बस्ने बर्ष ६ को अस्मित जि.सि., पाल्पा तिनाउ गाउपालिका-६ बस्ने बर्ष २८ को कमला सुनार, पाल्पा तिनाउ गाउँपालिका-२ खुर्साने बस्ने बर्ष २० को गिता सुनारको छोरी ३६ दिनको स्वस्तिका सुनार र पाल्पा तिनाउ गाउँपालिका ६ बस्ने बर्ष ४५ को तुल बहादुर नेपाली रहेका छन् । घाइतेहरुको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।

चालक तानसेन नगरपालिका- १० बस्ने बर्ष ४५ को दान बहादुर चिदी प्रहरीको नियन्त्रणमा लिएको छ । जिप अनियन्त्रित भै सडक बाट तीन सय मिटर तल खसेको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?