रामपुर युवा क्लव द्वारा विद्यार्थीहरुलाई सामाग्री प्रदान

पाल्पा, कुम्भ प्राथमिक विद्यालय रामपुर नगरपालिका ९ का विद्यार्थीहरुलाई रामपुर युवा क्लव स्टेशनरी तथा दन्त सामाग्री प्रदान गरेको छ । बसन्त पञ्चमीको अवसरमा विद्यालयमा पुगेर क्लवले सामग्री प्रदान गरेको हो ।

होराईजन डेन्टल क्लिनिक तथा ट्रभल डेन्टिष्ट्र नेपालका डाक्टर शंकर श्रेष्ठ, डाक्टर रचना राना लगाएतको समन्वयमा क्लवले सामग्री प्रदान गरेको हो । विद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई कपी, कलम लगाएतका स्टेशनरी सामाग्री संगै ब्रस र टुथ पेष्ट प्रदान गरेको हो । साथै सामाग्री वितरण पश्चात डक्टर रचना रानाले दाँतको महत्व र दाँतको सुरक्षा गर्नेे उपायको बारेमा विद्यार्थी र अभिभावकहरुलाई जानकारी गराउनु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?