रामपुरमा लोक भजन प्रतियोगिता सम्पन्न

पाल्पा, पाल्पाको रामपुरमा लोक भजन प्रतियोगिता सम्पन्न भएको छ । लोक भजन संस्कृतिको संरक्षण र प्रवद्र्धनको लागि रामपुर भजन किर्तन मण्डलीको आयोजना र रामपुर नगरपालिका ६ नं. वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता भएको हो ।
   रामपुर भजन किर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटाको प्रमुख आतिथयतामा भएको थियो । लोक भजन संस्कृति हराउँदै गैरहेको सन्दर्भमा संस्कृतिको संरक्षण र प्रवद्र्धन संगै पुस्ता हस्तान्तरणका लागि प्रतियोगिता भएको हो । प्रतियोगिताको उट्घाटन गर्दै प्रमुख अतिथी देवकोटाले रमाईलो मात्र नभै प्रतियोगिताले कला संस्कृतिको जर्गेना गर्न सहयोग गरेको बताउनुभयो । पछिल्लो समय भजन किर्तन हराउँदै गैरहेको सन्दर्भमा मौलिक संस्कार र संस्कृतिको जगेर्नाको लागि सबै  लाग्नु आवश्यक रहेको बताउनुभयो ।
  जेष्ठ नागरिक मञ्च पाल्पाका अध्यक्ष देवराज ढकालले मौलिक संस्कृतिको महत्वको बारेमा जानकारी गराई अब नयाँ पुस्तालाई अघि बढाउनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्य, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष रामप्रसाद गैरे, दरैंठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुन्दर प्रसाद देवकोटा, अन्धकार मुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा, रामपुर नगरपालिका–६ का निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपानेले बोल्दै संस्कृति प्रवद्र्धन र पुस्ता हस्तान्तरणका लागि प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो ।
   लोक भजन संस्कृति हराउँदै गैरहेको सन्दर्भमा संस्कृतिको संरक्षण र प्रवद्र्धन संगै पुस्ता हस्तान्तरणका लागि प्रतियोगिता सञ्चालन गरिएको रामपुर भजन किर्तन मण्डलीका अध्यक्ष टिकाराम ढकालले जानकारी दिनुभयो । कालीगण्डकी बेशी क्षेत्रका १३ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रथम  धर्मोदय दशावतार बालन संस्कृतिक समूह क लक्ष्मण भट्टराईको समुह, द्वितिय धर्मोदय दशावतार बालन संस्कृतिक समूह ख ऋषि ढकालको समुह, तृतिय धर्मोदय दशावतार बालन संस्कृतिक समूह ग अनुप काफ्लेको समुह भएको निर्णायक मण्डलका संयोजक लेखनाथ शर्माले जानकारी दिनुभयो । सान्त्वना माडी सत्संग समुह चापाकोट नगरपालिका ८ डिल्लीराम माझीको समुह, एकादशी भजन किर्तन समुह रामपुर नगरपालिका ६ कालिआँप ढाल बहादुर मल्लको समुह र टापुधाम भजनकृत समुह रामपुर १ गिरधारी सिग्देलको समुह भएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने समुहलाई क्रमश नगद १५ हजार,१० हजार, पाँच हजार र दुई हजार पाँच सय सहित प्रमाण पत्र प्राप्त गरिएको छ ।
  समाजसेवी विष्णुमाया ढकालको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन रामपुर भजन किर्तन मण्डलीका सचिव पुरुषोत्तम ढकाल र रामचन्द्र ढुङ्गानाले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?