पाल्पा, क्रियाशिल मगर उत्थान मगर समूह रामपुर ७ किसानबारी पाल्पाले २० अौं वार्षिक उत्सव मनाएकाे छ । समुहले शनिबार विवध कार्यक्रमका साथ वार्षिकोत्सब मनाएकाे हाे ।
समुहका अध्यक्ष रेम बहादुर रानाकाे अध्यक्षतामा भएकाे वार्षिकोत्सब कार्यक्रम सल्लाहकार संयाेजक राम बहादुर हिस्की थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि हिस्की थापाले मगर समुदायको भाषा , कला , संस्कृतिकाे संरक्षण गर्न आवश्यक रहेकाे बतनउनु भएकाे छ । साथै समुदायको विकास र प्रवर्द्धनका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयाे । कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय सदस्य धन बहादुर रानाले संस्कृतिको संरक्षण संगै हरेक क्षेत्रमा पहुँच बढाउन आवश्यक रहेकाे बताउनुभयो ।
यस्तै एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष देव बहादुर थापा मश्राङ्गीले मगर समुदायको उत्थानका लागि समुहले खेलेकाे भूमिका उत्कृष्ट र उदाहरणीय रहेकाे भन्दै प्रशंसा गर्नुभयो । यस्तै कार्यक्रममा एकीकृत मगर उत्थान समाज रामपुर पाल्पाका सहअध्यक्ष नरेन्द्र कुमार जर्घा , सिर्जनशील मगर समुहका तिल बहादुर थापा , नेपाल मगर संघ रामपुर ५ का अध्यक्ष बालु राना , दर्छा कालिका मगर समुहका अध्यक्ष माेहन सिं राना , समुहका सल्लाहकार सदस्य मञ्जु देवि राना ,रामपुर नगरपालिकाका प्रेस सल्लाहकार तथा पत्रकार दानु हिस्की मगर , समुहका सहसचिव जमुना राना , काेषाध्यक्ष विष्णु बहादुर राना , सदस्य दुर्गा राना , समुहका सदस्य चेत बहादुर हिस्की , बलराम राना लगायतले बाेल्दै समुहकाे प्रगतिकाे शुभकामना दिनु भएकाे थियाे ।
वार्षिकोत्सबकाे अवसरमा समुहका काेषाध्यक्ष हुममाया रानाले करिब २५ लाख रूपैयाँ बराबरकाे बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । समुहले ज्येष्ठ नागरिक लगायत विभिन्न विधामा सम्मान गरेकाे थियाे । समुहका सहअध्यक्ष सुनिता रानाकाे स्वागत र ट्याङ्गा लाफाकुङ रेन्जा क्लवका संयाेजक बल बहादुर थापाले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन समुहका सचिव केश बहादुर थापाले गर्नु भएकाे थियोे । समुहकाे भवन रामपुर ७ किसानबारीमा भएकाे कार्यक्रममा समुहका सदस्यहरुले साँस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।