रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने

पाल्पा, रामपुरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने भएको छ । जिल्लामा पहिलो पटक राष्ट्रिय स्तरको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुन लागेको हो ।
जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा आगामी फागुन १८ गते देखि २४ गते सम्म प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा सात वटै प्रदेश सहित तीन वटा विभागिय टिम गरी १० टिमको सहभागीता रहने जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो । खेल रामतुलसी नमुना माध्यमिक विद्यालयको खेल मैदानमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेता हुने प्रथम, द्वितय, तृतिय र सान्त्वना समुहले क्रमश नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । संघियता पश्चात लुम्बिनी प्रदेशमा पहिलो राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता जिल्ला भलिबल संघको आयोजना, नेपाल भलिबल संघको संयोजन, लुम्बिनी प्रदेश सरकारको प्रवद्र्धन तथा प्रयोजन, जिल्ला खेलकुद विकास समितिको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवद्र्धनमा हुन लागेको हो । सहयोगी संस्थाहरुमा नगर खेलकुद विकास समिति रामपुर र नगर भलिबल संघ रामपुर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?