माथागढी–५ मा टिप्पर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

पाल्पा, पाल्पाको माथागढी गाउँपालिका ५ मा टिप्पर दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । चालक तिलोत्तमा नगरपालिका–१६ रुपन्देही बस्ने २४ वर्षीय प्रदीप कुमाल र सहचालक सोही स्थानका १८ वर्षीय मनिष परियारको मृत्यु भएको हो ।

सोमबार विहान नौ बजे माथागढी–५ रहबास – खैरेनी भित्रि कच्चि सडक खण्डमा रुपन्देही खैरेनीबाट जिल्ला पाल्पा माथागढि गा.पा. ५ स्थित रहेको घामिका ढुङ्गा खानीतर्फ आउँदै गरेको लु २ ख ५६१ नम्बरको टिप्पर दुर्घटना भएको थियो । टिप्पर दुर्घटना हुँदा दुईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?