रामपुरमा आधारभूत उद्घोषण तथा भाषणकला तालिम सम्पन्न

पाल्पा, आधारभूत उद्घोषण तथा भाषणकला तालिम रामपुर पाल्पामा सम्पन्न भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्य समितिको आयोजनामा भएको एक हप्ते तालिमको सोमबार समापन गरिएको हो ।

नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि हजिल दिन मियाँको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मियाले व्यक्तित्व विकास संगै नेतृत्व विकासका लागि वाक कलाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । वाक कलाको माध्यमबाटै हरेक व्यक्तिको क्षमता प्रस्फुट भई समाजमा स्थापित हुन सघाउ पुग्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सदस्य सावित्रा गैरे, क्षेत्रीय कार्य समिति सदस्य पार्वती परियार, नेपाल महिला संघ रामपुरका उपसभापति सावित्रा गैरे तालिमका प्रशिक्षक रमेश ढकालले बोल्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न आग्रह गर्नुभयो । गणेशमान स्मृति प्रतिष्ठान भवन रामपुर वेझाँडमा भएको कार्यक्रममा सहभागिहरुको तर्फबाट सुस्मा आले, चन्द्रकला न्यौपाने, कविता मल्ल, रेशम नेपाली, फुलमाया परियार लगाएतले तालिम उपलब्धिमूलक भएको र तालिममा सिकेका कुरा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपाली काँग्रेस रामपुरका उपसभापति ज्ञानराज भण्डारीको स्वागतबाट शुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद उपसभापति देव बहादुर थापा मश्राङ्गीले ज्ञापन गर्नु भएको थियो भने सञ्चालन सचिव चिरन्जिवि सिग्देलले गर्नु् भएको थियो । रामपुर नगरपालिका भित्रका २५ जनाको सहभागिता रहेको तालिमको सहजिकरण रमेश ढकाल, पत्रकार दानु हिस्की मगर, इमान सिं राना र सीता डोटेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?