पाल्पा, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले आश्रममा बस्दै आउनु भएका वृद्धवृद्धाहरुलाई भोजन गराएको छ । कम्पनीको ३७ औं वार्षिकउत्सवको अवसर राधा दामोदर आरोग्य आश्रम चापाकोट नगरपालिका ६ साँखर स्याङ्जामा बस्दै आउनु भएका वृद्धवृद्धाहरुलाई भोजन गराएको हो ।
केलादी धाममा बस्दै आउनु भएका ३५ जना जेष्ठ नागरिकहरुलाई भोजन गराएको हो । विहिबार आश्रममा पुगेर खाना खुवाएको हो । नेशनल लाईफ इन्स्योरेन्स रामपुर शाखा प्रमुख विर बहादुर दर्लामी मगरले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत वार्षिक उत्सवको अवसरमा जेष्ठ नागरिकहरुको सम्मान स्वरुप भोजन ग्रहण गराएको जानकारी दिनुभयो । वृद्धहरुलाई खुशी राख्न सके मात्र समाजको मुहार पनि उज्यालो हुने बताउनुभयो । राधा दामोदर मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनालले हरेक वर्ष आश्रममा कार्यक्रम गर्दै आएकोमा कम्पनीलाई धन्यवाद दिदै आश्रमको लागि सामाजिक संघ संस्थाले देखाएको अग्रसरताको प्रशंसा गर्नुभयो ।
भोजन दानका लागि रामपुर शाखाका प्रमुख दर्लामी, अन्डरराईटिङ्ग स्टाफ सन्जय घर्ती, अभिकर्ता रामकुमार श्रेष्ठ, इमान सिं राना, टिकाराम राना, इश्वरी आले, तिलकुमारी चिदी लगाएतको टोली आश्रममा पुगेका थिए ।