रामपुरमा ग्लोबल आईएमई बैंकको वित्तिय साक्षरता कार्यक्रम सम्पन्न

पाल्पा, ग्लोबल आईएमई बैंक रामपुर शाखाले वित्तिय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकले रामपुर क्षेत्रका उद्योगी, व्यवसायी, शिक्षक, विद्यार्थी सहितका सरोकारवालाहरुलाई शुनिबार कार्यक्रम गरी सचेतना प्रदान गरेको हो ।

कार्यक्रममा बोल्दै रामपुर उद्योग वाणिज्य संघकाक अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बैंक तथा वित्तिय संस्था प्रति फैलिएको भ्रम र अफबाहको पछि नलाग्न आग्रह गर्नुभयो । उहाँले नियामक निकाय नेपाल राष्ट्र बैंक रहेकाले हल्लाको पछि नलागी आधिकारीक सूचनामा मात्र विश्वास गर्न आग्रह गर्नुभयो । व्यवसायीले बैंकलाई र बैंकले व्यवसायीहरुलाई सहयोग गर्दै अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।

बैंकका सेवाग्राही तथा ग्राहकलाई प्रविधिमैत्री बनाउन र नगद रहित कारोबारका लागि प्रोत्साहित गर्न साक्षरता सम्बन्धी कार्यक्रम गरिएको बैंकका रामपुर शाखा प्रबन्धक कृष्ण भट्टराईले जानकारी दिनुभयो । बैंकले आफ्ना ग्राहकलाई प्रविधिमैत्री बनाउँदै लैजान वित्तिय साक्षरता र डिजिटल बैङ्किङ सम्बन्धी कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले व्यवपारीले ग्रहाक र शिक्षकले विद्यार्थी तथा अभिभावकलाई वित्तिय साक्षरता सम्बन्धी ज्ञान बाँढ्न सके थप प्रभावकारी हुने बताउनुभयो ।

रामपुर शाखाका अपरेशन डिपार्टका कर्मचारी सुदिप गौतमले बैंकको वर्तमान अवस्था, रामपुर शाखाको सेवा प्रवाह संगै वित्तिय साक्षरताको बारेमा प्रशिक्षण दिनु भएको थियो । डिजिटल बैंकिङ्को सुरक्षित प्रयोग र फ्रडहरु बाट बच्ने उपायको बारेमा रामपुर शाखाका अपरेसन इन्चार्ज प्रतिक्षा रानाले जानकारी दिनुभएको थियो । उहाँले बचतको महत्व, बचत गर्ने तरिका, पुँजी निर्माण लगाएतका विषयमा जानकारी दिनु भएको थियो । कार्यक्रममा व्यवसायी सूर्य प्रसाद श्रेष्ठ, शिक्षक राधिका केसीले आफ्नो भनाई राख्नु भएको थियो । न्यू होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रमको सञ्चालन बैंकका कर्मचारी अनिल सुनारले गर्नु भएको हो ।

बैंकले शिक्षक तथा कर्मचारीहरुको लागि मध्यनजर गर्दै सन्ध्याकालिन काउन्टर सेवा समेत सुचारु गरेको रामपुर शाखाले जनाएको छ । सन्ध्याकालिन सेवा आईतबार देखि विहिबार सम्म साँझ साढे ४ बजे देखि ६ बजे सम्म र शुक्रबार साढे २ देखि ५ बजे सम्म प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?