स्व.सन्तोष थापा स्मृति कपको तृतिय उपाधी पर्वतलाई

चापाकोट, स्याङ्जाको चापाकोटमा जारी स्व. सन्तोष थापा स्मृति कप अन्तर्गत भएको जिल्ला स्तरीय भलिबल  प्रतियोगितामा पर्वत तृतिय हुन सफल भएको छ । तृतिय स्थान छनौटका लागि भएको खेलमा नवलपुरलाई सोझो सेटमा पराजित गर्दै पर्वतले तृतिय स्थान हात पारेको हो ।
  दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेलाको अवसरमा भएको प्रतियोगितामा पर्वतले पहिलो, दोस्रो र तेस्रो सेट २५-१८, २५-२३ र २५-१७ अंक सहित हात पार्न सफल भएको थियो । मेला स्थल सुन्टलीटार मैदानमा अहिले उपाधीका लागि स्याङ्जा र बाग्लुङ फाईनल खेलमा प्रतिस्पर्धा गरिरहेको छ ।
प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो हुने समुहले क्रमशः नगद १ लाख ५० हजार रुपैयाँ, १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार, उत्कष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भर प्रशिक्षकलाई जनही रु ३ हजारको साथमा ट्रफी, मेडल प्रमाण पत्र गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?