मेलमिलाप सम्बन्धि आधारभूत तालिम रामपुर नगरपालिकामा शुरु

 

पाल्पा , मेलमिलाप सम्बन्धि आधारभूत तालिम रामपुर नगरपालिकामा आइतबार देखि शुरु भएको छ । रामपुर नगरपालिकाको आयोजनामा भएको तालिमको एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।

तालिमको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अनुशासित र सभ्य समाज निर्माणका लागि मेलमिलापको महत्वपूर्ण भूमिका हुने बताउनु भएको छ । उहाँले मेलमिलाप सहितको अनुशासित समाज र नागरिकले मात्र हरेक क्षेत्रको विकासको अनुभूति गराउने बताउनुभयो । समाजमा हुने झैझगडा , विवाद समयमा मेलमिलाप गराउन नसके धेरै ठुला घटना समेत घट्न सक्ने भन्दै मेलमिलापले दुर्घटना हुनबाट पनि बचाउने उल्लेख गर्नुभयो । नगर प्रमुख थापाले न्याय र अन्यायको सही मुल्याङ्कन गरेर विवादको समाधान तथा मेलमिलाप गर्न आग्रह गर्नुभयो । साथै मेलमिलापकर्ताहरुमा मेलमिलापका लागि आत्मविश्वास र तत्परता आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नगरका विभिन्न गाँउ टोलमा हुने विवादको समाधान र मेलमिलापका लागि तालिम लाभदायी हुने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाले समाजमा हुने विभिन्न खालका विवादलाई टोलस्तरमै समाधान होस भन्ने हेतुले तालिमको आयोजना गरिएको बताउनुभया । पछिल्लो समय नगरपालिकाका विभिन्न स्थानबाट जग्गा विवाद र लेनदेनका मुद्दा बढि आउने गरेको बताउँदै यस्ता विवाद वडा बाटै मेलमिलाप मार्फत निरुपण गर्न आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले न्याय निरुपणमा सहजताका लागि तालिमले सघाउ पु¥याउने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले समुदायमा हुने विभिन्न विवादलाई न्यायसंगत ढंगले मेलमिलाप गर्न मेलमिलापकर्ताले महत्वपूर्ण भूमिका खेल्नु पर्ने भन्दै तालिम सफलताको शुभकामना दिनुभयो । यस्तै तालिमका प्रशिक्षक एवं अधिवक्ता गिता आचार्यले विवादमा मेलमिलाप आवश्यक रहेको भन्दै तालिममा संविधानले व्यवस्था गरे अनुसारको कानुनी अधिकार सम्बन्धि जानकारी दिईने बताउनुभयो ।

रामपुर नगरपालिकाका नगर उपप्रमुख तथा न्यायीक समितिका संयोजक बाल कुमारी थापाको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रम नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन न्यायीक समितिका सचिवालय सचिव पार्वती परियारले गर्नु भएको थियो ।

रामपुर नगरपालिकाको सभा हलमा भईरहेकाे तालिमको सहजिकरण अधिवक्ता गिता आचार्य र हरि प्रसाद पाण्डेले गरिरहनु भएको छ । आगामी २० गते सम्म चल्ने तालिममा वडाबाट सिफरिस भई आएका मेलमिलापकर्ता , न्यायीक समिति र जनप्रतिनिधि गरि ३० जनाको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?