जिल्ला स्तरीय भलिबल  प्रतियोगिताको उपाधी बागलुङले जित्न सफल

चापाकोट, दोस्रो चापाकोट महोत्सव तथा व्यापार मेलाको अवसरमा भएको प्रथम स्व. सन्तोष स्मृति कप जिल्ला स्तरीय भलिबल  प्रतियोगिताको उपाधी बागलुङले हात पारेको छ । अाइतबार भएको फाईनल खेलमा स्याङ्जालाई ३/१ सेटले पराजित गर्दै बागलुङले उपाधी जितेको हो ।

फाईनल खेलमा पहिलो सेट स्याङ्जाले २७/२५ अंक सहित हात पारेको थियो । अन्तत बागलुङले दोस्रो, तेस्रो र चौथो सेट २४/२०, २५/२१ र २५/२१
अंक सहित हात पार्दै उपाधी चुम्न सफल भयो । यस संगै स्याङ्जाले द्वितिय स्थानमा चित्त बुझाएको छ । गत फागुन ८ देखि सुरु भएको स्व. सन्तोष थापा स्मृति कपमा पर्वत तृतिय हुन सफल भएको छ । तृतिय स्थान छनौटका लागि भएको खेलमा नवलपुरलाई सोझो सेटमा पराजित गर्दै पर्वतले तृतिय स्थान हात पारेको हो । पर्वतले पहिलो, दोस्रो र तेस्रो सेट २५-१८, २५-२३ र २५-१७ अंक सहित हात पार्न सफल भएको थियो ।

प्रतियोगितमा प्रथम, दोस्रो र तेस्रो हुने समुहले क्रमशः नगद १ लाख ५० हजार रुपैयाँ, १ लाख रुपैयाँ र ५० हजार रुपैयाँ सहित ट्रफी मेडल र प्रमाण प्राप्त गरेको छ । प्रतियोगितामा सर्व उत्कृष्ट खेलाडी बागलुङका रबि केसी, उत्कृष्ट स्पाइकर बागलुङका रेशम छन्त्याल, उत्कृष्ट सेटर बागलुङका मिन सुनार, उत्कृष्ट कोच बागलुङका सुरेन्द्र केसी, उत्कृष्ट लिब्रो बागलुङका कुन्जन शाहि ठकुरी, उत्कृष्ट बल्कर पर्वतका रुपेन्द्र गैरे, उत्कृष्ट सर्भर स्याङ्जाका बिजय थापाहुनु भएको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु ५ हजार, उत्कष्ट स्पाईकर, ब्लकर, सेटर, डिफेन्सर, सर्भर प्रशिक्षकलाई जनही रु ३ हजारको साथमा ट्रफी, मेडल प्रमाण पत्र गरिएको छ । प्रतियोगितामा लुम्बिनी र गण्डकी प्रदेशका ७ जिल्लाको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?