मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै पालिकामा सार्वजनिक बिदा

पाल्पा, ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले मंगलबार सार्वजनिक बिदा घोषणा गरेका छन् । मगर समुदायको बाहुल्यता रहेको पाल्पामा पालिकाहरुले फागुन १५ गते एक दिन सार्वजनिक बिदाको घोषणा गरेको हुन् ।

रामपुर नगरपालिकाले गत फागुन ११ गते शुक्रबार, तानसेन नगरपालिका, निस्दी, पूर्वखोला, बगनासकाली गाउँपालिकाले आइतबार र रम्भा, माथागढी, तिनाउ, रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाले सोमबार सूचना जारी गर्दै ४२ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा विदा दिएको जानकारी गराएको हो । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले सूचना जारी गर्दै कार्यपालिका बैठकको निर्णय अनुसार विदा दिएको जनाएको छ ।

पालिका मातहतका सम्पूर्ण कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था तथा अन्य सार्वजनिक संघ संस्थामा विदा हुने जनाएको छ । ‘विविधतामा एकता हुँदै मगर हुनुमा गर्व गरौं ।, अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौं ।’ भन्ने नाराका साथ मनाउन लागिएको ४२ औं मगर एकता दिवसको अवसरमा जिल्लाको १० वटै पालिका, वडा तथा टोलटोलमा सांस्कृतिक झाँकी प्रदर्शन सहित विविध कार्यक्रमहरु हुने नेपाल मगर संघ पाल्पाका अध्यक्ष शान्ति झेंडी थापा मगरले जानकारी दिनुभयो ।

पालिकाहरुले जारी गरेको सूचनाहरु हेनुहोस् ।

Magar Diwas Suchana haru

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?