रामपुर अस्पतालमा अनुगमन मुल्याङ्कन समिक्षा

पाल्पा, रामपुर अस्पतालमा दुई दिने अनुगमन मुल्याङ्कन समिक्षा कार्यक्रम सम्पन्न भएको छ । न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम अन्तर्गत अस्पतालको अनुगमन पश्चात मंगलबार सरोकारवालाहरुको उपस्थितिमा मुल्याङ्कन समिक्षा गरिएको हो ।

रामपुर अस्पताल विकास समितिका अध्यक्ष श्यामकान्त खनालको अध्यक्षतामा भएको कार्यक्रमको रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापाको प्रमुख अातिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले रामपुर अस्पताल अस्पताल नगरको मात्र नभै गण्डकी बेशी क्षेत्रको महत्वपूर्ण संस्था रहेको बताउनुभयो । उहाँले स्वास्थ्य क्षेत्र आफैमा संवेदनशिल रहेकाले स्वास्थ्य कर्मीहरुलाई थप जिम्मेवार भएर लाग्न अनुरोध गर्दै अावश्यक स्रोत र साधनको व्यवस्थापनको लागि नगरले सहयोग गर्न सदा तयार रहेको बताउनुभय‍ो । इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञावलीले रामपुर अस्पताल यस क्षेत्रकै गौरवको अस्पताल भएकाले मापदण्ड अनुसार कार्य सम्पादन गर्न अाग्रह गर्नुभयो ।
रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सेवालाई थप प्रभावकारी बनाउनु अावश्यक रहेको बताउनुभयो । रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष एवं अस्पताल विकास समितिका सदस्य भोजेन्द्र प्रकाश ढकाल अनुगमनमा प्राप्त सुझावलाई अात्मसात गर्दै मापदण्ड पूरा गर्न तर्फ अघि बढ्न अाग्रह गर्नुभयो ।

न्युनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रमका स्रोत व्यक्ति एवं अर्घखाँची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. जगन्नाथ तिवारीले अनुगमनको क्रममा पाएको राम्रा पक्ष र सुधार गर्नु पक्ष सहित सुझाव पेश गर्नु भएको थियो । उहाँले सामाजिक परीक्षण गर्नु पर्ने, वर्षिक रिपोर्ट वेव साईटमा प्रकाशन गर्नु पर्ने, समयमा बैठक राखी दस्तावेज राख्नु पर्ने, पुस्तकालयको व्यवस्थापन, ड्युटी पोस्टर डिस्पले गर्नुपर्ने, दैनिक कारोबार भएको रकम बैंकमा डिपोजिट गर्नु पर्ने, ४/४ महिनामा स्व-मुल्याङ्कन गर्नु पर्ने, फोहोरको व्यवस्थित गर्नु पर्ने बताउनुभयो । उहाँले
न्युनतम सेवा मापदण्ड कार्यन्वयन पक्ष सुधारको क्रममा रहेको बताउनुभयो ।

रामपुर अस्पताल विकास समितिका अध्यक्ष श्यामकान्त खनालले रामपुर अस्पताल प्रति सबैको शुभेच्छा रहेको बताउनुभय‍ो । उहाँले प्राप्त सुझावलाई ग्रहण गर्दै अस्पतालको विकासको लागि लाग्ने बताउनुभयो । रामपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर विवेक भण्डारीले अस्पतालको वर्तमान अवस्था र भावी योजनाको बारेमा जानकारी दिनु भएको थियो ।डेन्टल सर्जन डाक्टर सदिक्षा गौतमको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन रामपुर अस्पतालका प्रशासन सहायक हिरा वि.क.ले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?