कालिका माविले ३६ औं वार्षिक उत्सव मनायो

पाल्पा, कालिका माध्यमिक विद्यालय रामपुर नगरपालिका-४ देविस्थान पाल्पाले ३६ औं वार्षिक उत्सव तथा ३७ अौं अभिभावक दिवस मनाएको छ । विद्यालयले एक समारोहका विच विद्यालयले वार्षिक उत्सव मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर रानाको अध्यक्षतामा भएको वार्षिक उत्सव कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको हो । वार्षिक उत्सवको उट्घाटन गर्दै प्रमुख अतिथी थापाले शैक्षिक स्तर वृद्धि संगै विद्यालयको वृद्धि विकासका लागि स्थानीयको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । नगरपालिका शिक्षा क्षेत्रको उत्थानका लागि प्रतिवद्ध भएर लाग्ने बताउनुभयो । कार्यक्रममा रामपुर ४ का वडा अध्यक्ष राम बहादुर रानाले शैक्षिक गुण्स्तर संगै विद्यालयको सञ्चालनमा देखिएका चुनौती सामना गर्नका स्थानिय सबै एकजुट भएर लाग्नु अावश्यक रहेको बताउनु भयो ।

कार्यक्रममा जापानिज समाजसेवी काजुमासा काकिमी ओके बाजे, नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, अक्षयकोषदाता ओमनारायण श्रेष्ठ, रामतुलसी माविका प्रधानाध्यापक बालकृष्ण लम्साल, रामपुर आधारभूतका प्रधानाध्यापक विजय शर्मा, शिक्षक हातेमालो बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु सारु, रानीवन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सीता प्रधान, बोली खबर डटकमका सन्जु परियार,  विद्यार्थी सोनु श्रेष्ठले शुभकामना मन्तव्य राख्नु भएको थियो।

विद्यालयका प्रधानाध्यापक मनीराज अधिकारीले विद्यालयको आर्थिक तथा शैक्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । साथै कार्यक्रमको अवसरमा विद्यालयलाई सहयोग गर्नु हुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहभागीहरुलाई शिक्षक अभिभावक संघका अध्यक्ष टेक बहादुर क्षेत्रीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । शिक्षक टिका रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका सहायक प्रधानाध्यापक ज्ञान बहादुर दर्जी र अलिसा परियारले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?