आरुपाटामा मगर समाज भवन शिलन्यास

तिलक गुरुङ
वालिङ, वालिङ नगरपालिका–५, आरुपाटा स्याङ्जामा मगर समाज भवनको शिलन्यास गरिएको छ । भवनको वालिङ नगरपालिका ५ का वडा अध्यक्ष छबिलाल आलेले एक कार्यक्रमका विच शिल्यान्यास गर्नु भएको हो ।

   वालिङ नगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ अन्तर्गत विनियोजन भएको ३ लाख रुपैयाँ बाट भवन निर्माण सुरु गरिएको निर्माण समितिका अध्यक्ष कुन्त माया रानाले जानकारी दिनुभयो । जनश्रदान सहित १० लाखको लागतमा दुई कोठे भवन निर्माण गरिने बताउनुभयो ।

भवन निर्माण भए पछि आरुपाटा मगर समाजका करिव ४५ घर प्रत्यक्ष लाभन्वीत हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?