पाल्पा, नेपाली पोषाक दौरा सुरुवाल गुन्यु चोली सिलाई सम्बन्धि एक महिने तालिम रामपुरमा सुरु भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र कालीगण्डकी फाउण्डेशन नेपालको समन्वयमा तालिम सुरु भएको हो ।
पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सभाहलमा सुरु भएको तालिमको आइतबार एक कार्यक्रमका विच उट्घाटन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षतामा भएको तालिम रामपुर नगरपालिका ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलको प्रमुख अतिथ्यतामा भएको थियो । तालिम उट्घाटन गर्नुहँुदै प्रमुख अतिथी पोखरेलले नगरको बजार क्षेत्रमा धेरै सिलाई कटाई व्यबसायिक भएपनि धेरैमा यो सीप नभएकोले तालिम फलदायी हुने बताउनुभयो । तालिम पाउनु भन्दा पनि यो समयावधिमा धेरै भन्दा धेरै सीप सिकेर व्यबसायिक हुन आग्रह गर्नुभयो ।
नेपाली पोषाक दौरासुरुवाल सिलाई कटाई सम्बन्धि तालिम बजार क्षेत्रमा आवश्यकता महशुस गरेर घरेलु तथा साना उद्योग कार्यालयले रामपुर र तानसेनमा तालिम आयोजना गरेको उद्योग अधिकृत श्याम कुमार पौडेलले बताउनुभयो । ‘भएको सीपलाई थप दक्षता दिन निखारता ल्याउनु एउटा कुरा हो, व्यबसायिकतालाई बढाउदै आयआर्जनलाई बढावा दिनु तालिमको मुख्य उद्देश्य हो ।’ पौडेलले भन्नुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले रामपुर क्षेत्रमा आधारभूत सीप सिकेर व्यबसायिक काम गरिरहेकालाई दौरासुरुवाल र गुन्युचोली तालिममा सहभागी बनाएको र राम्रो संग तालिममा सिक्न आग्रह गर्नुभयो । मातृशक्ती फाउण्डेशन नेपालका अध्यक्ष लक्ष्मी ढकालले तालिमले महिलालाई आत्मनिर्भर र आयआर्जन गराउन सघाउने बताउदै ध्यानपुर्वक सबै समयभर सक्रिय भएर तालिम लिन अनुरोध गर्नुभयो ।
तालिममा रामपुर क्षेत्रका व्यबसायिक रुपमा सिलाई पसल संचालन गर्दै आएका १८ जना महिला सहभागी छन् । तालिममा प्रजुना सोमैले सहजिकरण गर्नुहुनेछ । कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले गर्नुभएको हो । तालिम आगामी चैत १९ गतेसम्म चल्नेछ ।