पाल्पा, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ । रामपुर शाखाले न्यू होटेल श्रीनगरको सभाहलमा शुक्रबार सम्मान गरेको हो ।
नेशनल लाईफ इन्स्योरेन्स रामपुर शाखाका प्रमुख विर बहादुर दर्लामी मगरको अध्यक्षतामा भएको कार्यक्रम नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत स्मृतिराज कंडेलको प्रमुख अातिथ्यतामा भएको हो । अभिकर्ताहरुलाई सम्मान गर्दै उहाँले रामपुर आफैमा सम्भावना भएको भुगोल भएकाे बताउनुभयो । साथै जीवन विमाको बजार फराकिलो बन्दै गैरहेको बताउँदै अभिकर्ताहरुलाई जिम्मेवार भएर थप सक्रियताका साथ लाग्न अनुरोध गर्नुभयो । कंडेलले जीवन विमालाई कसरी थप प्रभावकारी ढंग बाट अाम जनता सम्म पुर्याउने भन्ने विषयमा प्रशिक्षण दिनु भएको थियो ।
नेशनल लाईफ इन्स्योरेन्स लुम्बिनी प्रदेश प्रमुख गोपाल ज्ञावलीले निरन्तरको मेहेनत बाट नतिजा हासिल गर्न सकिने बताउनु भयो । उहाँले विमाको बारेमा आफ्नो अनुभव सुनाउँदै सहभागीलाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा सिनियर विजनेश म्यानेज, विजनेश म्यानेजर सहित उत्कृष्ट प्रिमियम संकलन गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो । अभिकर्ता सुर्य प्रसाद श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेशनल लाईफ इन्स्योरेन्स रामपुर शाखाका अन्डरराईटिङ्ग स्टाफ सन्जय घर्तीले गर्नु भएको हो ।