समाजसेवी रेग्मीको दोस्रो स्मृतिमा रेग्मी परिवार द्वारा दुई व्यक्तित्वलाई सम्मान

पाल्पा, समाजसेवी सुब्बा लोकनाथ रेग्मी उपाध्यायको दोस्रो स्मृतिमा रेग्मी परिवारले २ जनालाई सम्मान गरेको छ । रेग्मी परिवारले उहाँको  स्मृतिमा वडा कार्यालयको समन्वयमा रामपुर नगरपालिका ६ का एकजना सामाजिक क्षेत्रमा अग्रसर साहसी महिला र एकजना कृषिमा अग्रसर युवा कृषकलाई सम्मान गरेको हो ।

६ वडा नम्बर कार्यालयमा भएको कार्यक्रममा गरी स्वर्गीय रेग्मीका श्रीमती तथा अक्षयकोषका संरक्षक तिलकुमारी रेग्मी, छोराहरु नारायण प्रसाद, सुदनप्रकाश र ओम प्रकाश रेग्मी सहित रेग्मी परिवारले रामपुर ६ बस्ने विभिन्न संघ सस्थामा आबद्ध भई महिला उद्यम र आयआर्जनमा वडामा सचेतना दिदै आउनुभएकी अग्रसर महिला सुस्मा आले र पछिल्लो समय कृषि पेशालाई अगाल्दै आनुभएका रामपुर ६ का बाख्रापालन तथा तरकारी खेती गर्दै आउनुभएका काशीराम आचार्यलाई सम्मान गरेको हो । सामाजिक क्षेत्रमा तल्लिन हुनुभएका बुवा लोकनाथ रेग्मीको समाजसेवी भावनाले समाजसेवामा लाग्ने, मेहनत गर्ने व्यक्तिलाई हौसला होस् भनेर अक्षयकोष स्थापना गरि सम्मान गरेको स्वर्गीय रेग्मीका छोरा सुदनप्रकाश रेग्मीले बताउनुभयो । स्वर्गीय रेग्मीका श्रीमती तिलकुमारी रेग्मीले सामाजिक काममा पहिल्यै देखि मन जागेको स्मरण गर्दै सहयोग गर्ने गरेको बताउनुभयो । रामपुर नगरपालिका ६ का वडा अध्यक्ष दिवाकर देवकोटाले स्वर्गीय लोकनाथ रेग्मी उपाध्याय वडाको मात्र नभई रामपुर क्षेत्रको एक अभिभवक भएको बताउदै उहाँको सम्झनामा अक्षयकोष स्थापना र सम्मान गर्नु आफैमा राम्रो र सकारात्मक पहल भएको बताउनुभयो ।

वडाको समन्वयमा वडामा कार्यक्रम गरि सम्मान गरेकोमा उहाँले रेग्मी परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिका कार्यपालिका सदस्य तथा वडा सदस्य शारदा आचार्यले स्वर्गीय लोकनाथ बुवाले रामपुर क्षेत्रका हरेक शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन स्थलमा सहयोग गरेको बताउदै परिवारको असल सत्मार्ग प्रति धन्यवाद दिनुभयो । स्वर्गिय रेग्मीका कान्छा छोरा ओम प्रकाश रेग्मीले अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थामा सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषमा नगद १ लाख राखेर अक्षयकोष स्थापना गरेको बताउनुभयो । उहाँले कोषमा रकम थप्दै जाने र पहिलो बर्ष कोषबाट आएको ब्याजबाट नगद ५/५ हजार र सम्मानपत्रले प्रोत्साहन स्वरुप उहाँहरुलाई सम्मान गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिवाकर देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा सचिव महेश भट्टराईले गर्नुभएको हो । रामपुर क्षेत्रको समाज सेवामा सक्रिय रामपुर नगरपालिका ६ बिजयपुरका सुब्बा लोकनाथ रेग्मी उपाध्यायको १०१ बर्षको उमेरमा २०७८ साल चैत्र १ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?