स्याङ्जा, चापाकोट नगरपालिका–९, स्याङ्जामा नवजात शिशु फेला परेको छ । चापाकोट–९,मजुवा खोल्सामा बेवारिसे अवस्थामा जिवित शिशु फेला परेको हो ।
सालनाल नछुटिएको अवस्थामा नवजात शिशु (छोरी) बुधबार दिउँसो देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खबर प्राप्त गर्ने वित्तिकै शिशुको उद्धार गरी उपचारको लागि चापाकोट अस्पताल लगेको थियो । शिशुलाई प्राथमिक उपचार पश्चात थप उपचारका लागि साँझ ५ बजे गण्डकी मेडिकल कलेज पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।